• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

मधेशीहित विपरित कार्य गर्न उस्काउने, मधेशी जनतालाई मराउने,कार्यमा मधेशीदल केन्द्रित रहयो : उपसभामुख यादव आरोप

img

भुपदेव माली ६ कार्तिक सप्तरी ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.५मा एमाले पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएका छन । जसका नव प्रवेशीका निवर्तमान उपसभामुख गंगा यादव ,२ नं.प्रदेशका संयोजक तथा पूर्व मन्त्री सत्यनारायण मण्डल तथा केन्द्रिय सदस्य सुमनराज प्याकुरेल एवं सयौं भन्दा बढी कार्यकर्ता उपस्थिित रहेका थिए ।

सो कार्यक्रममा बल्दै यादव भन्ने मधेशका ठेकेदारहरु आफुलाई मधेशीदल भनेर मधेशी जनतालाई मधेशीहित विपरित रहेको कार्य गर्न उस्काउने, संविधान संशोधनको नाम मधेशी जनतालाइ मराउने मधेशी जनतालाई राजनैतिक सिडी बनाई सत्तामा जाने र देशको ढुकुटी लुटने कार्यमा केन्द्रित रहयो भने आरोप लगाएका छन । कार्यक्रममा बोल्दै यादवले भने एमाले पार्टी जहिले पनि मधेशीको हक–हितका लागी लडने र मधेशी जनतालाई आफनो अधिकार दिलाउने एक मात्र पार्टी एमाले हो भनेर म यस पार्टीमा प्रवेश गरेको हो भनेर कार्यकर्ता लाई वताए ।


सोही कार्यक्रममा २ नं. प्रदेश संयोजक तथा पूर्व मन्त्री सत्य नारायण मण्डलले भन्ने मधेशीदलहरुको द्वैध्द चरित्र तथा मधेशी नेताहरुले गरेको मधेशी जनता प्रति विश्वासघातले गर्दा आज मधेशी जनता गरिवी रेखामुनी गएकाछन । अब आउने सरकारले यो देशमा नया सोच विचारका साथ समानता अधारित शासन प्रकृया सुनिश्चित गर्ने विचार व्यक्त गरे ।

 

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी