११ कार्तिक सप्तरी । २०७४-त्रिशुलीमा भएको बस दुर्घटनाको शोकमा भोलि सप्तरीका सबै स्थानीय निकाय बन्द गरिने भएको छ ।
त्रिशुलीमा शनिबार बस खस्दा २८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउँने अधिकांश सप्तरीबासी छन् ।
राजविराज नगरपालिकाका मेयर शम्भु यादवका अनुसार दुर्घटनामा ज्यान गुमाएहरुलाई श्रद्धान्जलीस्वरुप भोलि सबै स्थानीय निकाय र मातहतका कार्यालय बन्द गर्ने निर्णय भएको हो ।
दुर्घटनामा परी ज्यान गुमाएकाहरु प्रति श्रद्धान्जली अर्पण गर्दै सोक संत्पत परिवारजनमा नेकपा एमाले सप्तरी गहिरो समबेदना प्रकट गर्दछ ।
दुघटनामा परी घाइते भएकाहरुको शिघ्र स्वास्थयलाभको कामना गर्दै घाइतेहरुको शिघ्र उपचारको ब्यबस्था मिलाउनुका साथै मृतक परिवारजनलाइ क्षतिपुर्ती उपलब्ध गराउन नेकपा एमाले सप्तरी सरकारसंग जोडदार मांग गर्दछ ।