• img
  • img
img img img
Categories
राष्ट्रीय विजनेश समाचार

कर्जा दिन बैंकहरुसँग ६० अर्ब पूँजी रुपैयाँ रहेको छ

img

१२ कात्तिक, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा आजको दिनमा कर्जा लगानी गर्न करिब ६० अर्ब रुपैयाँ रहेको छ ।  ‘आइतवारको पोजिशन भनेको लगभग ६० अर्ब रुपैयाँ लगानी योग्य पूँजी छ, सबै वाणिज्य बैंकको हिसाब गर्ने हो भने पनि एक महिनालाई प्रत्येक बैंकसँग लगभग २ अर्ब लगानी गर्न सक्ने पूँजी रहेको छ,’ सानिमा बैंकका प्रमूख कार्यकारी अधिकृत भुवन दाहालले भने ।

बैंकिङ प्रणालीमा पुन पूँजी अभाव सुरु हुन थालेको खबरहरु अएपनि बैंकरहरुले भने अवस्था सहज नै रहेको बताएका हुन् । राष्ट्र बैंकका अनुसार पनि बैंकमा तरलताको समस्या देखिएको छैन् ।

 

‘हाम्रो तथ्यांकले शुक्रवारसम्म बैंक तथा वित्तीय संस्थामा लगभग ४० अर्ब रुपैयाँ अधिक तरलता रहेको देखिएको छ, सबै बैंकहरुको पहिलो त्रैमासको तथ्यांक आउदै छ, त्यसपछि समस्या रहेन/रहेको हेर्न सकिने अवस्था छ,’ नेपाल राष्ट्र बैंकका प्रवत्ता नारायण पौडेलले भने ।

img

Share: