• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

तीन जना सवार मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

img

राजविराज, १३ कार्तिक।  पुर्व पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको रुपनीगाउँपालिका १ मा आज साँझ मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन ।
पुर्वबाट पश्चिम तर्फ जादै गरेको ओन्टेस्ट प्लसर मोटरसाइकलले रुपनी गाउँपालिस्थित सडकमा बाछिलाई ठक्कर दिएपछि मोटरसाइकल आफै अनियन्त्रित भई कल्भटमा ठोकिएको थियो ।
सो मोटरसाइकलको बिचमा सवार राजविराज नगरपालिका ८ बस्ने २१ बर्षीय धिरज यादवको मृत्यु भएको छ ।
दुर्घटना पछि उनलाई उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायण सिँह सगरमाथा अंचल स्पतालमा उपचारको भर्ना गरिएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक मुकेश कुमार सिँहले बताउनुभयो । सो दुर्घटनामा बाछि समेत मरेको प्रहरीले जनाएको छ ।
यस्तै सोही दुर्घटनमा मोटरसाइकल चालक राजविराज नगरपालिका वडा नं. ८ कै २२ बर्षीय आशितोस साह र पछाडि सवार अजय परियार गम्भिर घाइते हुनुभएको छ ।
उनीहरुका सगरमाथा अंचल अस्पतालमा राजविराजमा उपचार भइरहेको छ भने मोटरसाइकललाई प्रहरीले नियन्त्रण्मा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएका छ ।

img

Share: