• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

राजपा नेताद्धारा राजबिराजमा अनशन

img

राजविराज, १३ कार्तिक। अगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकट वितरणमा भेदभाव भएको भन्दै राजपा ९नेपाल०का नेता लक्ष्मण यादवले राजविराजमा बिगत दुई दिनदेखि आमरण अनशनमा बस्नुभएको छ ,

राजपा सप्तरी क्षेत्र नम्बर २ का सभापति समेत रहेका यादवले नातावाद, पहुँच र व्यक्तिवादका आधारमा पार्टीले टिकट वितरण गरेपछि आफु आमरण अनशन बस्नु परेको उहाँले बताउनुभयो ।

यादवले जनआन्दोलन र मधेस आन्दोलनका अगुवाइहरूलाई पाखा लगाई नेताहरूले आसेपासे र पहुँचवालालाई टिकट वितरण गरेको आरोप लगाउदै राजविराजस्थित गजेन्द्र चौकमा उहाँ दुई दिनदेखि अनसनमा बस्नुभएको हो ।

२०४८ सालदेखि तत्कालीन सद्भावना पार्टीबाट राजनीतिमा लागेका उहाँ स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिकाको मेयर पदका आकांक्षी थिए । तर, नेतृत्वले प्रतिनिधिसभा वा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनाउने आश्वासन दिँदै शम्भु यादवलाई टिकट दिएको उहाँले भन्नुभयो ।

यसपटक पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकटबाट आफुलाई  वञ्चित गराएकोले बाध्य भएर आफु  सातबुँदे माग अघि सार्दै अनशन थालेको उहाँको भनाइ छ ।

img

Share: