• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

उपेन्द्र यादवका बागीले उम्मेदवारी फिर्ता लिन अस्वीकार

img

कात्तिक, सप्तरी । मधेसी गठबन्धनबाट सप्तरी २ मा उम्मेदवार बनेका फोरम अध्यक्ष उपेन्द्र यादवका बागीले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् ।

यादवविरुद्ध राजपा सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले १ बजेसम्म समय दिएको थियो । नेताहरुले ठाकुरलाई मनाउने प्रयास गरेका पनि थिए । तर, ठाकुरले बरु पार्टी छोड्न तर उम्मेदवारी फिर्ता नलिने अडान दिएका छन् ।

राजपाका महासचिव मनिष सुमनबिरुद्व फोरम नेपालका भीमराज यादवले दिएको बागी उम्मेदवारी भने फिर्ता भएको छ । सुमन प्रदेशसभा २ को ख बाट उम्मेदवार बनेका छन् ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी