१९ कात्तिक, काठमाडौं । राजपा नेपालले वागी उम्मेदवारहरुलाई समर्थन गर्ने कार्यकर्तालाई समेत कारवाहीको चेतावनी दिएको छ ।
बागी उम्मेदवारी दिएकाहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिएर राजपा र संघीय फोरमको गठबन्धनका आधिकारिक उम्मेदवारलार्इ समर्थन गर्न उर्दी जारी गर्दै उम्मेदवारी फिर्ता नदिए पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने बताएका हुन् ।
राजपाका अध्यक्ष मण्डलका अध्यक्ष महन्त ठाकुरले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी निर्णय विरुद्ध जाने बागीलाई समथर्न गर्नेहरुलाई पनि स्वतः अनुशासनको कार्वाही हुने चेतावनी दिएका छन् ।
विज्ञप्तिमा बागी उम्मेदवारको पछि नलागि दुर्इ दलीय गठबन्धनका उम्मेदवारहरूको पक्षमा लाग्न अपील गरिएको छ ।