सप्तरी। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी हक र अधिकारकोृ लागि मधेसी गठवँन्धनलाई प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा बिजयी गराउनुपर्नेमा बताउनुभएको छ ।
सप्तरीको राजविराजमा कार्यकर्ता संगको भेटको क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
नेता यादवले एमाले,काँग्रेस, माओवादीले मधेसीहरुमाथि ब्यापक भेदभाव गरेको र मधेसीको अधिकार समेत पुरा हुन नदिएकोले मधेसीहरु एक जुट हुन आग्रह गर्नुभयो ।
संबिधानमा निर्माण देखि अहिले सम्म मधेसी जनतामाथि तिन ठुला दलले भेदभावको र त्यसको बिरोध गर्दा मधेसी जनता सहिद हुनु परेकोले सहिदको बलिदानीलाईृ बिर्सिन नहुने बतउनुभयो ।
मधेसी एकता नभएसमम गैर मधेसीले फेदा लिई रहेको बताउदै एक जुटहुन सबै मधेसीलाई आग्रह समेत गर्नुभयो ।
२ नं. प्रदेशमा प्रदेश सभामा मधेसी गठबनधन सरकार बनाउन मधेसीलाई भोट दिन अपिल समेत गर्नुभयो ।
यही मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यका लागि अध्यक्ष यादव सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवारी दिनुुभएको छ ।