• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

बागी उम्मेदवारी दिने तीन जनामाथि कार्वाही

img

राजविराज । पार्टीभित्र गुटबन्दी र षड्यन्त्र पुर्ण पार्टी एवम बामगठबन्ध निर्णय विपरित उम्मेदवारी दिएको भन्दै नेकपा (एमाले) सप्तरीले आज तनि जनामाथि कार्वाही गरेको छ ।
जिल्ला अध्यक्ष गोबिन्द न्योपानेले आज जारिगर्नुभएको बिज्ञप्तीमा सप्तरीे क्षेत्र नम्बर एकको प्रदेशसभा (क)को निर्वाचनमा पार्टीको निर्णयको अवज्ञा गर्दै पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध मनोनयन दर्ता गराउने कञ्चनरुप नगरपालिका–७ धर्मपुरका प्रकाश खतिवडा कार्वाही गरिएको जनाइएको छ ।
खतिवडा पार्टीको हित र प्रतिष्ठामा आँच पु¥याने र पार्टीका विरुद्ध शत्रुतापूर्ण गतिविधि गरेकोले जिल्ला समिति सचिवालयको वैठकबाट नेकपा (एमाले)को विद्यानको धारा–५ को घ बमोजिम पार्टीको सदस्यता स्वतः समाप्त भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
खतिवडा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका निवर्तमान अध्यक्ष समेत हुन्नुहुन्छ ।
यस्तै पार्टीभित्र गुटबन्दी र षड्यन्त्र गरी पार्टी निर्णयको विपक्षमा उम्मेदवारी दिनेको प्रस्तावक र समर्थक बसी पार्टीको बैधानिक उम्मेदवारको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको पुष्टि भएकाले कञ्चनरुप नगरपालिका–१२ का अनील पोखरेल र कञ्चनरुप नगरपालिका–६ का मो. मुस्तफा मियाँलार्इृ समेत पार्टी विद्यानको धारा ५ को घ तथा धारा ४९ बमोजिम सदस्यता समाप्त हुने गरि कारवाही गरिएको नेकपा(एमालेले जनाएको छ ।
उहाँहरु अब उप्रान्त पार्टीको कुनै पनि पद र साधारण सदस्यमा समेत नरहेको बताइएको छ ।

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी