• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

निर्वाचन आयोगले आज निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गर्दै

img

२४,कार्तिक काठमाण्डौ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन मिति नजिकिएसँगै चन्दा आतंक वढेपछि निर्वाचन आयोगले आज निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गर्दैछ । निर्वाचन आचारसंहिता विपरित दलका कार्यकर्ता र उम्मेदवारका प्रतिनिधिले चन्दा संकलन कार्य तीव्र बनाएपछि आयोगले आज उद्योगी व्यवसायीसँग छलफल गर्न लागेको हो । आयोगले छलफलका लागि उद्योग वाणिज्य महासंघ, चेम्वर अफ कमर्श, उद्योग परिसंघ निर्माण व्यवसायी महासंघ लगायत निजी क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधिलाई बोलाएको छ । कान्तिपथस्थित आयोग परिसरमा विहान ११ वजेपछि हुने छलफलमा व्यवसायी माथिको चन्दा आतंक रोक्न गरिने सुरक्षा प्रतिवद्धता, निर्वाचन आचारसंहिता विपरित कार्यका लागि साझेदारी लगायतका विषयमा छलफल हुने प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । राजनीतिक लाभ तथा अन्य प्रलोभनमा परी व्यवसायीले दल तथा उम्मेदवारलाई आर्थिक सहयोग गर्ने गरेको तथा केही व्यवसायीमाथि जबरजस्ती चन्दा माग्ने परिदृश्यकाबीच आयोगले आज छलफलको आयोजना गरेको हो । सो छलफलका क्रममा निर्वाचन आयोगले आचारसंहिताको पालनामा जिम्मेबार बन्न व्यवसायीलाई आग्रह गर्ने प्रवक्ता ढकालले बताउनुभयो । निर्वाचन नजिकिएसँगै आयोगले विभिन्न सरोकारवाला संघसंस्थासँगको छलफललाई तीव्रता दिएको हो ।

 

img

Share: