• img
  • img
img img img
Categories
खेलकुद

संकटा क्लब र विभागीय एपीएफबीच प्रतिस्पर्धा हुँदै

img

काठमाण्डौं । नवलपरासीमा जारी दोस्रो राइनो गोल्डकप फुटबलको उपाधिका लागि आज संकटा क्लब र विभागीय एपीएफबीच प्रतिस्पर्धा हुँदैछ । उपाधी भिडन्त कोल्हुवास्थित स्थानीय खेल मैदानमा अपरान्ह ३ बजेपछि सुरु हुनेछ । पहिलो सेमिफाईनलमा संकटाले ब्वाईज युनियनलाई २–० ले हराउँदै उपाधी यात्रा तय गरेको हो । एपिएफले भने दोस्रो सेमिफाईनलमा कास्की ११ लाई ३–० ले हराउँदै संकटासँगको भेट पक्का गरेको थियो । यो सिजन एपीएफ र संकटाबीच हुन लागेको यो पहिलो भिडन्त हो । गत सिजन भएको ६ भेटमध्ये संकटा तीन खेलमा विजयी भएको थियो । एपीएफ दुई खेलमा विजयी हँुदा १ खेल बराबरीमा सकिएको थियो । प्रतियोगिताको विजेताले ५ लाख २५ हजार ५ सय ५५ रुपैयाँ जित्नुका साथै एक दिनको होमस्टे बसाईसँगै चितवन राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण गर्नेछ । उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

img

Share:
Tags