• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय खेलकुद

एसीसी यू -१९ एसिया कप : नेपाल-बंगलादेश भिड्दै

img

काठमाडौं : शुक्रबारदेखि मलेसियामा सुरु भएको एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । क्वावालम्पुरको किनरारा मैदानमा जारी खेलमा बंगलादेशले टस जितेर नेपाललाई व्याटिङको निम्तो दिएको छ। अहिले आसिफ शेख र जितेन्द्र सिंहले ब्याटिङ गरिरहेका छन् ५ ओभर पूरा हुँदा नेपालको स्कोर २४ पुगेको छ।

एसीसी यू-१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल रहेको समूह ए मा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन्।

img

Share:
Tags