• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

३२ जिल्लामा आज भएको पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत बढी मत खसेको आंकलन निर्वाचन आयोग

img

१० मंसिर,काठमाण्डौं। ३२ जिल्लामा आज भएको पहिलो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा औसत ६५ प्रतिशत बढी मत खसेको आंकलन निर्वाचन आयोगले गरेको छ ।

जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त तथ्यांकको आधारमा आयोगले यस्तो आंकलन सार्वजनिक गरेको छ ।

खसेको मत प्रतिशत अझैं बढ्नसक्ने आयोगको अनुमान छ । बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आज पत्रकार सम्मेलन गर्दै निर्वाचन शान्तिपूर्ण भएको बताएका छन् । उनले एसिड फ्याँकिएपछि पश्चिम रुकुमको दुई वटा मतदान केन्द्रमा मतदान स्थगित गरिएको जानकारी दिए ।

पश्चिम रुकुमको बाँचीकोट गाउँपालिका ५ स्थित रत्ना निमाबि मतदान केन्द्र र आठबीसकोट नगरपालिका १ स्थित गत्तासैना मतदान केन्द्रमा पुनस् मतदान गर्न लागिएको हो

यी दुवै मतदान केन्द्रका मतपेटिकामा एसिड फ्याँकिएपछि मतदान स्थगित गरिएको हो ।

दुवै स्थानमा पुनस् मतदानको लागि चाँडै मिति तोकिने यादवले जानकारी दिए ।

उच्च पहाडी र हिमाली ३२ जिल्लामा आज निर्वाचन भएको हो । बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।

img

Share: