• img
  • img
img img img
Categories
खेलकुद

कोहलीले दोहोरो शतक बनाएपछि भारत बलियो

img

१० मंसिर, सप्तरी। कप्तान विराट कोहलीले आक्रामक दोहोरो शतक बनाएपछि भारतले श्रीलंकाविरुद्धको दोस्रो टेस्टको तेस्रो दिन शनिबार पहिलो इनिङ्समा ४ सय ५ रनको विशाल अग्रता लिएको छ ।

यससँगै टेस्टमाथि भारतको पूर्ण नियन्त्रण कायम भएको छ र तीन टेस्टको सिरिजमा अग्रता लिनसक्ने स्थितिमा पुगेको छ ।

भारतले आफ्नो पहिलो इनिङ्स छ विकेट गुमाएर ६ सय १० रनको ठूलो स्कोरमा टुंगेको घोषणा गरेको थियो ।

रोहित शर्माले १ सय २ रन बनाउँदै आफ्नो शतक पूरा गरेपछि भारतले इनिङ्स समाप्तीको घोषणा गरेको हो । श्रीलंकाले आफ्नो दोस्रो इनिङ्स सुरु गर्दै एक विकेट गुमाएर २१ रन बनाएको छ र दबाबको स्थितिमा फसेको छ ।

श्रीलंका अझै भारतको अगाडि ३ सय ८४ रनले पछाडि छ ।

 

img

Share:
Tags