• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय

विभिन्न स्थानमा रंगभेद विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै

img

सप्तरी। मधेशीहरुसँग रंगका आधारमा नेपाल सरकारले विभेद गर्दै आएको विरोधमा प्रत्येक वर्ष आज कै दिन रंगभेद विरुद्धको दिवस मनाइने गरिएको छ ।

स्वतन्त्र मधेश गठबन्धनले आइतबार मधेशका विभिन्न स्थानमा रंगभेद विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले यस पटक मधेश भरी नै ‘रगंभेदका अन्त हो, मधेश देश स्वतन्त्र हो’ नाराको साथ रगंभेद दिवस मनाउंदैछ ।

‘मधेशीहरुको रंगको आधारमा नेपालको प्रत्येक कार्यालय, सार्वजनिक स्थल, सभा सम्मेलन र यात्राको क्रममा समेत विभेद गरिन्छ । यो विभेद अफ्रिकाको काला गोराभन्दा कति पनि कम छैन गठबन्धनको विज्ञप्तीमा भनिएको छ ।

गठबन्धनका प्रवक्ता कुन्दन स्वराजी न्यूज वन नेपालसँग भने,‘गठबन्धनका संयोजक डा.सीके राउतको अहवानमा यस वर्ष मत बदर अभियानलाई पनि जोडदार रुपमा अगाडि बढाइएको छ ।

पछिल्लो समय मत बदर अभियानमा लागेका करिब आधा दर्जन गठबन्धनका कार्यकर्ताहरु पक्राउ परेका छन् ।

यता रंगभेद विरुद्धको दिवसको अवसरमा बाके, बर्दिया, दाङ्ग, रुपन्देही, नवलपरासी, पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी र झापासहितका जिल्लाहरुमा रंगभेदी विरुद्धको दिवस मनाईदैछ ।

img

Share: