११ मंसिर ,सप्तरी । सप्तरी क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार जयप्रकास ठाकुरले मधेश,मधेशवादी मधेशीको सम्मान तथा क्षेत्रको बिकास आफनो मुख्य लक्ष्य भएको बताएका छन् । छिन्नमस्ता गाउपालिका अन्तरगत सखडामा सोमवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दे स्वतन्त्र उम्मेदवार ठाकुरले मधेशको आत्मसम्मानको रक्षा र क्षेत्रको आर्थिक सामाजिक सास्ंकृतिक बिकासका लागि आफु प्रयत्नशिल रहदै आएको र आगामी दिनमा पनि रहिरहने प्रतिबद्धता दोहोरयाए । ‘मधेशी,मधेश र मधेशवादीसित कुनै पनि मुल्यमा कसैसित सम्झौता हुन सक्दैन ठाकुरले भने,‘मधेशवाद मधेशी जनताको प्राण भईसकेको छ,जसलाई रक्षा गर्न म उम्मेदवार भएको छु ।’
ठाकुरले छिन्नमस्ता शक्तीपीठको बिकास र पर्यटकिय क्षेत्रको रुपमा बिकसित गर्नुपर्ने आबश्यकता औल्याउदै शिक्षा,स्वास्थ्य,वेरोजगारी समस्या समाधान,नदी नियन्त्रण लगायतका बिषय आफनो प्रमुख योजना रहेको बताए । गजेन्द्रनारायण सिंह,रामराजाप्रसाद सिंह सहित सयौ स्थापीत राजनेताहरुको जन्मथलो रहेको सप्तरी २ नम्बर क्षेत्रको आफनो छुटै इतिहास र पहिचान रहेको बताउदै क्षेत्रका जनता दुखसुखमा संगै रहने नेताको पक्षमा रहने बताए ।
सप्तरीका जनताले मधेशवादलाई आन्दोलनका माध्यमवाट स्थापीत गर्न सफल भएको बताउदै ठाकुरले अहिले मधेशवादलाई केही नेताको ब्यक्तीगत स्वार्थका लागि प्रयोग गर्न थालिएकाले जनताको भावना बमोजिम उम्मेदवार भएको प्रष्ट पारे ।
कार्यक्रममा मधेशवादी नेता आरडी आजादले आन्दोलनको बलमा उचाईमा पुगेको मधेशवादलाई केही सिमित नेताहरुले गुलाम वनाउन खोजेको आरोप लगाए । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले मधेश मुद्धालाई समाप्त पार्न खोजेको आजादले आरोप लगाए । अर्का युवा नेता गुड्डु सिंहले गजेन्द्रनारायण सिंहको पुण्यभुमी रहेको सप्तरीलाई बिभाजित गर्न बाहीरिया नेताहरु आयात हुन थालेकाले क्षेत्रवासी सचेत हुनुपर्ने बताए । कार्यक्रममा सुरेन्द्रनारायण मण्डल,उग्रकान्त झा लगायतका बक्ताहरुले मधेश मुद्धालाई बिर्सजनको मुखमा लग्नेहरुसित सावधान रहदै स्वतन्त्र उम्मेदवार ठाकुरलाई मतदान गर्न आग्रह गरे ।