• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

सप्तरीमा बम सेनाद्वारा निष्कृय

img

राजविराज, १२ मंसिर । सप्तरीको राजविराज–कुनौली सडकखण्डमा पर्ने सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय रन्जितपुर छेउमा फेला परेको शक्तिशाली बम मङ्गलवार नेपाली सेनाको भीम दल गणको टोलीद्वारा निष्कृय पारिएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले उक्त बम पड्काउने योजना बनाईरहेको अवस्थामा स्थानीय नहर छेउबाट प्रहरीले सोमवार राती बरामद गरेको थियो । गोप्य सूचनाका आधारमा प्रहरीले शंकास्पद दुई जनालाई व्यक्तिलाई चेकजाँच गर्दा उनीहरुको साथबाट अत्याधुनिक रिमोट फेला परेको थियो । अनुसन्धान गर्दै जाँदा चौक नजिकै बम फेला परेको थियो ।

बमसँगै आरडिएक्स नामक विष्फोटक पाउडर समेत करिब दुई किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
राजविराज नगर क्षेत्रमा कुनै व्यक्तिको घरलाई लक्षित गरी विष्फोट गराउने योजना रहेको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ । करिब एक किलोमीटरको दुरीबाट रिमोट थिचेर विष्फोट गराउनसक्ने शक्तिशाली बम विष्फोटको थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी