भुपदेव माली, १२ मंसिर सप्तरी । भारदह–कंचनरुप लोकमार्गमा महुली खोलाको पूल नजिक इलाका प्रहरी कार्यालयका प्र.ना. नी. तेज बहादुर श्रेष्टको गस्ती टोलीले साईकल सवार व्यक्तिले भारदह तिर ल्याउदैं गरेको ४० लिटरको ड्राममा अवैध घरैली रक्सी (मदिरा )बरामद गरिएको हो । चेक जाँचको क्रममा साईकल तथा रक्सी छोडी व्यक्ति फरार भएको प्रहरी टोली प्रमुख श्रेष्टले जानकारी गराए । बरामद गरिएको रक्सी आज विहान स्थानीय समाजसेवी तथा पत्रकारहरुको रोहवरमा नष्ट गएिको छ । अवैध रक्सीको प्रतिबन्ध गरिए तापनि बजारमा चोरी लोकी बिक्री विवतरण भइ रहेको छ , त्यसलाई रोक्न गस्तीमा खटेका प्रहरी टोली नियन्त्रणमा लिइरहेको छ भने श्रेष्टले जानकारी गराए । साथै अबैध रक्सी बिक्री वितरण नगर्न स्थानीय व्यपारीहरु आग्रह समेत गरेका छन ।