• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

वामपन्थीहरुले संविधान संशोधन नगर्न नदिएको आरोप लगाए :प्रधानमन्त्री देउवाले

img

१४ मंसिर, सप्तरी । सप्तरीको कठौनामा बिहीबार आयोजित चुनावी सभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति समेत रहेका शेरबहादुर देउवाले कम्युनिष्टहरुले जिते अब पनि संविधान संशोधन हुन नसक्ने दाबी गरे । उनले भने, लोकतान्त्रिक गठबन्धनलाई बहुमतका साथ जिताउनुस्, संविधान संशोधन गरी थप अधिकार दिलाउनेछौं ।’

देउवाले वामपन्थीहरुले संविधान संशोधन नगर्न नदिएको आरोप लगाएका छन् ।

 

देउवाले कम्युनिष्टले जिते लोकततन्त्र खतरामा पर्ने दोहोर्‍याए । निरकुशंता ढालेर लोकतन्त्र ल्याएपनि फेरि एकदलीय कम्युनिष्ट शासन स्थापना गर्ने प्रयास भइरहेको भन्दै उनले सचेत रहन सबैसँग आग्रह गरे ।

लोकतन्त्रको भर्‍याङ्ग चढेर अधिनायकवाद ल्याउन खोजेको भन्दै उनले भने, ‘राणा शासनको अन्त्य कांग्रेसले गरेको हो । निरकुंशता ढालेर लोकतन्त्र ल्याए पनि फेरि एकदलीय कम्युनिष्ट शासन स्थापना गर्ने प्रयास भइरहेको छ ।’

img

Share:
img

ताजा अपडेट

क्याटोगरी