• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

माधवकुमार नेपालको चुनावी प्रचारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

img

१६ मंसिर ,काठमाडौं । एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको चुनावी प्रचारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि साथ दिएका छन् ।

काठमाडौं– २ का उम्मेदवार नेपालको चुनावी घरदैलोमा शनिबार बिहान सहभागी हुँदै दाहालले संक्षिप्त सम्बोधन गरेका थिए । पुरानो सिनामंगलमा घरदैलोपछि भएको कोणसभामा उनले शान्ति सम्झौतामा नेपालको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै जीतका लागि शुभकामना दिए ।

दाहालले पहिलो चरणका ३७ स्थानमा भएको चुनावमा वामपन्थीको दुई तिहाई आउने बताउँदै  स्थिरता, विकास र समृद्धिका लागि आफूहरुबीच एकता भएको बताए ।

नेता नेपालले पनि माओवादी अध्यक्ष दाहाल राजनीतिमा नयाँ मोड दिने व्यक्ति रहेको बताउँदै उनको उपस्थितिप्रति धन्यवाद दिए । एमाले अध्यक्ष केपी शर्मा ओली पनि आफ्नो चुनावी कार्यक्रममा आउन चाहे पनि समयअभावले आउन नसकेको नेपालले बताए ।

अध्यक्ष दाहाल काठमाडौंको चुनावी कार्यक्रम सकेर चितवन फर्किहाल्ने कार्यक्रम छ । चितवनमा हुने अन्तिम चुनावी सभाका लागि एमाले अध्यक्ष ओली झापाबाट चितवन जाने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी