• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

विजय जुलुसमा झडप, प्रहरीद्वारा लाठीचार्ज अश्रुग्यास र हवाईफायर

img

२७ मंसिर, बारा । बाराको क्षेत्र नम्बर २ को प्रदेश र प्रतिनिधि सभामा दुबै स्थान जितेका संघीय समाजबादी फोरमको विजय जुलुसमा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

बाराको पचरौता नगरपालिका ४ बेलदारीमा बुधबार दिउँसो साढे ३ बजे संघीय समाजवादी फोरमको विजय जुलुसलाई स्थानीयले बिरोध गरेपछी फोरम र स्थानिय कांग्रेस कार्यकर्ताबीच झडप भएको हो । झडप भएपछि प्रहरीले भिड नियन्त्रण गर्न केहि २० भन्दा बढी हवाई फायर गरेको छ ।

बाजागाजासहित झुलुसमा निस्किएका फोरमका कार्यकर्तालाई स्थानिय कांग्रेस कार्यकर्ताले जितिसकेपछि बाजागाजा र गानाबजाना बजाएर हल्ला नगर्न आग्रह गरेपछि विवाद सुरु भएको बताइएको छ ।

बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित संघीय समाजबादी फोरमका रामसहाय यादवसहितको र्‍याली निकालिएको थियो ।

यता बाराका प्रहरी प्रमुख राजकुमार वैदवारले प्रहरीले भिड नियन्त्रण गर्न नसकेपछी सुरुमा लाठीचार्ज गरेको बताएका छन् ।

स्थिति असामान्य बन्दै गएपछि केही अश्रुग्यास र हवाईफायरसमेत भएको स्वीकार गर्दै वैदवारले घटनास्थलमा थप प्रहरी परिचालन गरिएको बताएका छन् ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी