• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

किर्ते नागरिकता बनाउने गिरोह पक्राउ

img

२८ मंसिर, सप्तरी । सरकारी कर्मचारीको मिलोमतोमा किर्ते नागरिकता बनाउने गिरोहलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सप्तरी द्वारा आज सार्वजनिक गरेका छ ।
प्रहरी कार्यालय सप्तरीले द्वारा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले सप्तरी सदरमुकाम राजविराज स्थित राजरंगशालामा किर्ते नागरिकता बनाई रहेको सूचना प्राप्त भए लगतै सो गिरोहलाई पक्राउ गर्न सफल भएको सप्तरीका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।


किर्ते नागरिकता बनाउने कार्यमा मुख्य संलग्नता सर्लाही जिल्लाको ब्रम्हपुरी गाउपालिका ७ निवासी तथा हाल जिल्ला प्रशासन कार्यालय सप्तरीमा करारमा सहयोगी पदमा कार्यरत अजय कुमार यादव र सप्तरीको महदेवा गाउपालिका १ निवासी तथा राजविराज नगरपालिका वडा नं. १० का वडा सचिव मो. वकिल मियाँ रहेको प्रहरी उपरिक्षक सिंहले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर, जिल्ला प्रशासन कार्यालयको नक्कली छाप र सक्कली नागरिकता प्रमाणपत्र र त्यसमा अंकित होलेग्रामसहित विभिन्न मितिमा जारि भएको चार थान नागरिकता समेत उक्त गिरोहबाट बरामद गरिएको प्रहरी उपरिक्षक सिँहले बताउनुभयो ।
यस्तै सोही आरोपमा भारतको उत्तरदेनाजपुर, ग्राम अन्तकोठा, थाना हेमन्तबाद बस्ने मो.लतिफुर रहमान, भारतको किसनगंज ग्राम तिवरिया थाना कोचाधामन निवासी हाल झापाको बिर्तामोड १ निवासी मो.नवेद, सुनसरीको हरिपुर गाउँपालिका वडा नं. ८ निवासी कलिम मियाँ र झापाको बिर्तामोड नगरपालिका ४ निवासी मो.सईरो रहेको प्रहरीले जनाएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी