२९ मंसिर, काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ ।
काठमाडौंमा भएको दुई शीर्ष दुई नेताबीचको भेटवार्तामा नयाँ सरकार गठन, पार्टी एकता, राष्ट्रियसभा गठनलगायत विषयमा छलफल भएको जानकारी माओवादी केन्द्रको अध्यक्ष दाहालको सचिवालयले दिएको छ । छलफलमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र वाम गठबन्धनको सोचेजस्तै परिणाम आएको निष्कर्ष निकालिएको छ ।