• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

प्रदेश २ मा फोरम-राजपालाई बहुमत

img

२ पुस, काठमाडौं ।  प्रदेशसभामा बहुमत भने राजपा-फोरम गठबन्धनको पुगेको छ । तर, प्रदेश २ को समानुपातिकतर्फ नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिकको मत गणना आइतबार सकिएको छ । जसमा कांग्रेसले सबैभन्दा बढी ३ लाख ७० हजार ५५० मत पाएको छ भने राजपाले ३ लाख १८ हजार ५२४ र फोरमले २ लाख ८४ हजार ७२ मत पाएका छन् ।

एमालेले २ लाख ४९ हजार ७३४ र माओवादी केन्द्रले १ लाख ८२ हजार ६१९ मत पाएका छन् ।

निर्वाचन आयोगले कुन दलले कति सिट पायो जानकारी गराएको छैन । यसका लागि केही दिन लाग्नेछ ।

तर, सेन्ट लगका आधारमा प्रदेश २ को समानुपातिक ४३ सिट मध्ये कांग्रेसले ११ पाउने देखिन्छ । राजपाले १०, फोरमले ९, एमालेले ८ र माओवादी केन्द्रले ५ सिट पाउने अवस्था छ ।

प्रत्यक्षतर्फ फोरमले २० सिट जितेको छ भने राजापाले १५, एमालेले १४, कांग्रेसले ८ र माओवादीले ६ सिट जितेको छ । एक प्रदेशसभा सदस्य स्वतन्त्र छन् ।

गठबन्धन बनाएर चुनाव लडेको फोरम र राजपाको कुल ५४ सिट भएको छ, जुन १०७ सदस्यीय प्रदेशसभाको बहुमत हो ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी