७ पुस, काठमाण्डौं।निर्वाचन आयोगले प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट निर्धारण गरेको छ ।
आयोगले केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै दलहरुले प्राप्त गरेको मतको आधारमा सिट वितरण गरेको हो।
आयोगका अनुसार सातवटै प्रदेशमा नेकपा एमालेले समानुपातिकतर्फ ७५, नेपाली कांग्रेसले ७२, माओवादी केन्द्रले ३५, संघीय समाजवादी फोरमले १३ र राष्ट्रिय जनता पार्टीले १२ सिट पाएका छन्।
यसैगरी राप्रपा र विवेकशील साझा पार्टी ३/३, जनमोर्चाले २ र नयाँ शक्तिले १ सिट पाएका छन् ।