• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

आज देशभर क्रिसमस पर्व मनाइँदै,सरकारले दियो विदा

img

काठमाडौं । क्रिस्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मजयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइँदैछ।

यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै शुभकामना आदानप्रदान गर्ने, उपहार दिने र शान्ति, सद्भाव, समृद्धि तथा सु–स्वास्थ्यको कामना गरिन्छ।

येशु ख्रिष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो पर्व मनाइन्छ। २०६२र०६३ को आन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रिष्टमस पर्वलाई येशु ख्रिष्टको जन्मदिवसका रुपमा मान्यता दिएको छ। सरकारले आज राष्ट्रिय पर्वको मान्यता प्रदान गर्दै सार्वजनिक बिदा घोषणा गरेको छ।

नेपालको क्रिस्चयन इतिहास ४ सय वर्षभन्दा पुरानो छ। राज्य धर्मनिरपेक्ष हुनुअघि देशभर छरिएर रहेका क्रिस्चयन समुदायले क्रिसमस पर्वलाई विशेषगरी विभिन्न मण्डली र संघसंस्थाभित्र नै मनाउँदै आएका थिए।

img

Share: