• img
  • img
img img img
Categories
खेलकुद समाचार

विराटनगरले भैरहवासामु जितका लागि १५० रनको लक्ष्य प्रस्तुत

img

विराटनगर । राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलको फाइनल खेलमा अहिले विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सको खेल जारी छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा विराटनगरले भैरहवासामु जितका लागि १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिला ब्याटिङ् राेजेकाे विराटनगरले निर्भारित २० ओभरमा ७ विकेट गुमाइ १४९ रन बनाएको हो। विराटनगरका लागि अशुंमन रथले ४१ बलमा ४१, पारस खड्काले २२ बलमा २७, हरीशंकर शाहले १७ बलमा २२ तथा प्रनित थापा मगरले १४ रनको योगदान दिँदा करण केशीले अन्तिम बलमा छक्का प्रहार गरी ३ बलमा ९ रन बनाए।

सुरुवातमा राम्रो प्रदर्शन गरेपनि पछिल्ला क्रमका ब्याट्सम्यानहरू सस्तैमा आउट भएपछि विराटनगरले मध्यम योगफल तयार पारेको हो । विराटनगरका ओपनिङ ब्याट्सम्यान आसिफ शेख आजपनि ७ बनाएर सस्तैमा आउट भए।त्यस्तै प्रतियोगिताकै सर्वाधिक रन बनााउने बाबर हयात आज ११ रनमै आउट भए ।

भैरहवाका लागि पुनित मिश्र र कृष्ण कार्कीले २/२ तथा सरद भेषवाकर र आरिफ शेखले १/१ विकेट हात पारे।

१५० रनको बिजयी लक्ष्यसहित भैरहवा  केही छिनमा ब्याटिङमा उत्रदै छ ।

img

Share:
Tags