• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार सहकारी

माँ कंकालनी बचत तथा ऋण सहकारी संस्थाको छैठौं बार्षिक साधारण सभा सम्पन्न

img

सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका स्थित माँ कंकालनी बचत तथा ऋण सहकारी संस्था लि.को छैठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष आकाश कुमार राजभण्डारी द्वारा अध्यक्ष प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा संस्थाका तर्फ वाट संस्थाका चौतर्फी विकाश मा सहयोग पुप्याउने सहकार्मीहरु लाई धन्यवाद ज्ञापन व्यक्त गरेका थिए । साथै संस्थाको तर्फ वाट सहकारी पत्रिकारीता पुरस्कार नागरिक दैनिक सप्तरी सम्वादादा जितेन्द्र कुमार झा लाई परुस्कृत गरिएका छन । संस्थाको चौतफी विकासमा योगदान पुप्याउनु भएका हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१ का वडा अध्यक्ष भिमराज मण्डल र संस्थाका संस्थापक अध्यक्ष रामदेव माली समेत लाई सम्मानित गरेका थिए।


संस्थाका छैठौं बार्षिक साधारण सभा र सातौं बर्षमा प्रवेशको शुभ कामना सहित निरन्तर सहकारी आन्दोलन टेवा पुप्याएको कार्य प्रति प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास वोर्ड का संचालक विनोद दत्त ज्यू द्वारा अभार व्यक्त गरेका छन ।
संस्थाका विकास सहकार्य प्रति शुभकामना मन्तव्य क्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खडगा तथा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका जिल्ला संयोजक हरिदेव प्रसाद चौधरी द्वारा मन्तव्य व्यक्त गरेका थिए ।


संस्थाका आर्थिक कारोवार बारे लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले शेयर पुँजी ९ लाख ४० हजार भएको जानकारी दिए । आ व २०७३÷०७४ सम्ममा १ करोड १० लाख ६ हजार ६ सय ५० रुपैयाको आय व्यय लेखा परिक्षण प्रतिवेदन पेश गरेका थिए । जसमा ऋण लगानी ५४ लाख , शुद्ध नाफा ९१ हजार ६ सय ६१ रुपैया पेश गरेका छन ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी