भुपदेव माली, सप्तरी । आज हनुमाननगर कंकालिनी नगरपालिका को नगर सभा सम्पन्न भएको छ । नगरपालिका समग्र विकासका लागी आयोजित नगर सभाका अध्यक्षता नगर प्रमुख शैलेश कुमार साहले गर्नु भएका थिए । कार्यक्रमका प्रमुख अतिथि क्षेत्र नं.१का प्रतिनिधि सभा सदस्य डा. सुर्य नारायण यादव र बिशिष्टि अतिथि क्षेत्र नं. १ ख का प्रदेश सदस्य नवलकिशोर साहले आफनो मन्तव्यमा यस नगरपालिका का स्वास्थ्य, शिक्षा, खानेपानी तथा उद्योगमा प्रथमिकता साथ सरकार सँग माग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । कार्यक्रम मा १ देखि १४ वडाका वडा अध्यक्ष अतिथिका मञ्चमा आसिन थिए ।
कार्यक्रममा बिभिन्न किसिमका आयोजनाहरु प्रस्तावित शिर्षक रुपमा प्रस्तुत गरेका छन । समाजिक विकासका लागी कूल पुँजीगत बजेटका १० प्रतिशत ५६ लाख , आर्थिक विकास का लागी कूल पुँजीगत वजेटका ७ प्रतिशत १ करोड ७७ लाख ,पूर्वाधार विकासका लागी कूल पुँजीगत बजेटका ५२ प्रतिशत १३ करोड १० लाख ,संस्थागत बिकास एवम सेवा प्रवाह तर्फ कूल पुँजीगत बजेटका १८ प्रतिशत ४ करोड २६ लाख रकमको बिनियोजन गरी मुख्य आयोजनका क्रियाकलाप प्रस्तुत गरिएका छन ।