• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

प्रशासनद्धारा ११५ जना अपाङ्गता भएका ब्यक्तिलाई सिलिपिङ्ग ब्याग बितरण

img

राजविराज ।सप्तरीसहित पुर्वी तराईमा करिब दुई सता याता बढेको शीतलहर र जाडोका कारण प्रभावित भएको भन्दै स्थानिय प्रशासनले आज अपाङ्गता भएकालाई राहत बितरण गरेको छ ।

राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा जिल्लाको बिभिन्न ठाउँबाट आएको ११५ जना अपाङ्गता भएका ब्यक्तिलाई एक सेटका दरले सिलिपिङ्ग ब्याग बितरण गरेको प्रशासकिय अधिकृत रोहित भटराईले जानकारी दिनुभयो ।

जसमध्ये १०५ जना अपाङ्ग र १० जना दृष्टिबिहीलाई सो सिलिपिङ्ग ब्याग प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय र प्रशासकिय अधिकृत भटराइले आफनो हातबाट सो राहत बितरण गर्नुभयो ।

यस्तै मधेशी अपाङ्ग कल्याण संघको समन्वयमा धर्मी हल्फा महिला विकास क्लव लालापट्टिले समेत जिल्लाका ५० जना अपाङ्गता भएका व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय र क्लवका अध्यक्ष इन्जिनियर सुर्यनारायण यादवले संयुक्त रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई कम्वल वितरण गरेका हुन् । । संस्थाद्वारा यस अघि चिसोले पिडित एक दर्जन गाउँका गरिब एवम् विपन्न समुदायलाई कम्वल वितरण गरिसकिएको कलवका अध्यक्ष यादवले जनाकारी दिनुभयो ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी