• img
  • img
img img img
Categories
प्रदेश समाचार

मोटरसाइकलले ३ वटा साईकलर्मा ठोकिदा सात जना घाइते

img

राजविराज ।बेलटार –कंचपुर सडक खण्ड अन्र्तगत सप्तकोशी नगरपालिका–१० स्थित भित्री सडकमा एउटा मोटरसाइकलले ३ वटा साईकलमा आज ठक्कर दिँदा ७ जना घाइते भएका छन ।

बा.२८ प १०६२ नम्बरको मोटरसाइकलले स्थानिय २० वर्षीय रिकेशकुमार चौधरी लगायत ४ जना सवार मोटरसाईकल साइकलमा ठोकिदा साईकलमा सवार सप्तरीको कन्चरुप नगरपालिका–६ बस्ने १८ वर्षीय शिरिशकुमार सदा लगाएत ३ जना गरी ७ जना घाइते भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

घाइते मध्ये ५ जनालाई स्थानीय मेडिकलमा र २ जनालाई बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यता दुर्घटनामा परेका मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी