• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

सामाजिक परिचालक कर्मचारी संघले आन्दोलाई तिव्रता दिर्दै

img

काठमाडौं। नेपाल सामाजिक परिचालक कर्मचारी संघले आन्दोलाई तिव्रता दिर्दै आईतवार राजधानीमा जुलुस पर्दशन गरेका छन् ।
आन्दोलन परिचानलन समितीका संयोजक मनिष बिमलीको नेतृत्वमा निकालिएको जुलुसमा समाज सेवा हाम्रो दायित्व र कटिबद्धता , समृद्ध नेपाल निमार्णमा सामाजिक परिचालनको आवश्यकताको नाराका साथ नेपाल सरकारले स्थानिय तह कर्मचारीमा योग्यता र उमेरको हदबन्दि नलगाई समायोजन गर्ने माग राख्दै देश भरीका एक हजार भन्दा बढी समाजिक परिचालकहरुले काठमाडौं स्थित खुल्ला मैदान शुरु भएको जुलुस विभिन्न नारा दिदै माईति घर मण्डलामा आई कोण सभामा परिणत गरेका थिए ।


कोण सभामा अखिल नेपाल टे«ड युनियन महासंघका प्रकाश श्रेष्ठले ऐक्यबद्धता जनाउँदै सरकारले पुष १४ गते गरेको निर्णय कतै कतापी सही नरहेको बताए । अहिलेको समयमा सरकारले युवालाई रोजगार दिने समयमा बेरोजगार गर्नु कति उचित रहेको बताए । आफु पनि यस निर्णयको बिरोधमा रहेको बताउँदै सरकारले देश भरीका पाँच हजार सामाजिक परिचालकहरुलाई स्थानिय तहमा समाजन नगरेमा सामाजिक परिचालकहरुका आन्दोलनमा हाम्रो महासंघले पुन रुपमा सहयोग गर्ने बताए ।
यसै गरी नेपाल ट्र्ेड युनियन काँग्रेसका डि पी अर्यालले पनि सामाजिक परिचालकहरुको आन्दोलनमा सक्रिय रही सहयोग गर्ने बताए । अर्यालका अनुसार आठ बर्ष देखि कार्यरत कर्मचारीलाई यसरी बाहिर फयाल्ने प्रक्रिया पुनः रुपमा गलत रहेको बताए । यो निर्णयलाई चाडो भन्दा चाडो नसच्याए आफ्नो संगठनले पनि सामाजिक आन्दोलनमा सहयोग गर्दै सडक आउने बताए ।
काठमाडौं जिल्लाका नेपाल तरुण दलका अध्यक्षले कृष्णजी खड्गाले सामाजिक परिचालक देशमा जनप्रतिनिधि नभएको अवस्थामा राष्ट्र हाक्नमा अत्यधिक सहयोगी भुमिका खेलकाले गर्दा यी सामाजिक परिचालकहरुलाई हटाउनु ठुलो गल्ती भएको बताए । साथै सामाजिक परिचालकहरुको आन्दोलनमा आफुले सबै प्रकारको सहयोग गर्ने बताए । सामाजिक परिचालकहरुको होसला बढाउदै उहाँले भने तपाईहरु आन्दोलनलाई अगाडी बढाउनु हामी सहयोग गर्न तत्पर रहेको बताए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी