• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

तिलाठीका बाढी पिडित परिवारलाई राहत वितरण

img

राजविराज।सप्तरीको साबिक तिलाठी गाबिस हाल तिलाठी कोईलाडी गाउँपालिका वडा न। १का ३ सय ६० बाढी पिडित परिवारहरुलाई राहतका विभिन्न सामग्रीहरु वितरण गरेकाछन । नेपाल सरकार ,चैना एड ,युएनडिपी र सबल नेपालको साझेदारीमा संचालित बाढी पिडित सहयोग कार्यक्रम अन्तर्गत त्यहाँका ३ सय ६० बाढी पिडित परिवारहरुलाई राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेका हुन ।

सबल नेपाल युएनडिपीका कार्यक्रम संयोजक देबेश कुमार चौधरीको अध्यक्षता तथा तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा आयोजित बाढी पिडित सहयोग कार्यक्रममा सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय
सप्तरीका सशस्त्र प्रहरी निरीक्षक प्रभात गौतम ,तिलाडी कोईलाडी गाउँपालिका वडा न। १ का वडाअध्यक्ष दिनेश्वर मिश्र ,युएनडिपीका जिल्ला संयोजक राहुल मण्डल ,जुठीराम चौधरी र पत्रकार शुभ नारायण यादब सहितको उपस्थितिमा सो राहत वितरण शुरु गरीएको हो ।
त्यहाँका बाढी पिडित परिवारलाई राहत स्वरुप सुपानेट झुल २ थान ,चुलो १थान ,कम्बल २ थान , फिल्टर १ थान ,ठुलो बाल्टिन १ थान ,साबुन ,ब्रस सहितका सामग्रीहरु वितरण गरेको सबल नेपालका उपाध्यक्ष भुपेश कुमार साहले जानकारी दिनुभयो ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी