• img
  • img
img img img
Categories
प्रदेश समाचार शिक्षा

अनेरास्ववियुका ग्यालेक्सी क्याम्पसमा अन्जु चौधरीको अध्यक्षतामा नवकमिटी गठन

img

राजविराज । अनेरास्ववियुले बिहीबार राजबिराजस्थित ग्यालेक्सी क्याम्पसमा अन्जु चौधरीको अध्यक्षतामा कमिटी गठन गरेको छ ।
संगठन निर्माण अभियानअन्तर्गत बिहीबार क्याम्पसमा आयोजित भेलाले चौधरीको अध्यक्षतामा १५ सदस्यीय ग्यालेक्सी क्याम्पस कमिटी गठन गरेको अनेरास्ववियुका जिल्ला संयोजक ललित रजकले जानकारी दिनुभयो ।


नवगठित कमिटीको उपाध्यक्षमा राधे राम, सचिवमा सुनैना कुमारी यादव, सह सचिवमा टन्क चौधरी र कोषाध्यक्षमा निशा चौधरी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा सन्तोषी साह, रबिन्द्रकुमार यादव, गंगादेब राम, जनकदुलारी साह, मनिषा चौधरी, रेखा साह, सन्तोषी ठाकुर, ज्योति साह र आनन्दप्रसाद साह रहेको बताइएको छ ।
भेलामा केन्द्रीय सदस्य रबी राय, जिल्ला संयोजक ललित रजक, राष्ट्रिय परिषद् सदस्य राजिबरन्जन झा, जिल्ला सदस्य कौशलेश ठाकुर र अनेरास्ववियु मबिब क्याम्पस कमिटीका अध्यक्ष सुनितकुमार मुन्नाको उपस्थिती रहेको थियो ।

img

Share:
Tags