सप्तरी। सप्तरीको तीलाठी कोईलाडी गाउपालिका वडा नं. १ स्थित खाँडो खोला नजिक जि.स. छिन्नमस्ता गा.पा. ५ बस्ने बर्ष ३० को प्रमान्नद महत, ऐ.ऐ. बस्ने बर्ष २५ को राजकुमार खत्वे र ऐ.ऐ.१ बस्ने बर्ष ४२ को किशोर झा समेतले २ वटा अटो रिक्सा प्रयोग गरी भन्सार छली अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको सुतीको कपडाहरू, भन्सार छलीमा प्रयोग भएका २ थान अटो रिक्सा लगायत अन्दाजि मुल्य रू ८,४०,५०० बराबरका सामानहरू भारतबाट अवैध रूपमा भन्सार छलि पैठारी गरेको अवस्थामा प्रहरी गस्ती टोलीले फेला पारी पक्राउ तथा बरामद गरी कुनौली भन्सार कार्यालयमा मानिसहरु सहित बुझाईएको।
जिल्ला सप्तरी राजविराज न.पा.११ स्थित ऐ. बस्ने नरेश साहले साइकलमा रजनी गन्धा लगायतका पान मसला अन्दाजि मुल्य रू १५,४००/- बराबरका सामानहरू भारतबाट अवैध रूपमा भन्सार छलि पैठारी गरेको अवस्थामा प्रहरी गस्ती टोलीले फेला पारी पक्राउ तथा बरामद गरी कुनौली भन्सार कार्यालयमा बुझाईएको । जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराज काप्रहरी निरीक्षक रमेश कुमार बस्नेत जानकारी बताए ।