• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

त्रिशूलीमा गाडी खसेर बेपत्ता सिँचाइ सचिव रामानन्द यादव मृत ,अन्य २ जना बेपत्ता

img

काठमाडौं । शनिबार बिहान त्रिशूलीमा गाडी खसेर बेपत्ता सिँचाइ सचिव रामानन्द यादव मृत भेटिएका छन् । बेपत्ता अन्य २ जनाको अवस्था भने अझै अज्ञात छ ।

घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले सचिव यादवको शव भेटिएको पुष्टि गरे । उनका अनुसार, बेपत्ता दुईजना भेटिएका छैनन् । उनीहरूको अहिले खोजी कार्य भइरहेको छ ।
शनिबार बिहान ३ बजेतिर सचिव यादव सवार बा २ झ ३१४० नम्बरको गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो ।

दुर्घटनामा सचिव यादवसहित उनका २२ वर्षीय छोरा सन्तोष र साथीको छोरी १५ वर्षीया उन्नति गुप्ता वेपत्ता भएकोमा सचिव यादवको शव फेला परेको हो ।

दुर्घटनामा चालक निराजन यादव घाइते भएका छन् । उनलाई यसअघि नै उद्धार गरेर ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ ।

सचिव यादव कपिलवस्तुस्थित घरबाट काठमाडौं आउँदै थिए । प्रहरीका अनुसार, दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी