काठमाडौं । नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै बधाइ तथा शुभकामना दिएका छन् । बधाइ दिन राजदूत पुरी पुष्पगुच्छासहित ओली निवास बालकोट पुगेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना पत्र लिएर पुरी बिहीबार साँझ बालकोट पुगेका थिए ।
बिहीबार राति नै प्रधानमन्त्री मोदी र विदेशमन्त्री सुस्मा स्वराजले ओलीलाई टेलिफोन गरी कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
टेलिफोन वार्ताको क्रममा मोदीले भारत भ्रमणको निम्तो दिएको र ओलीको कार्यकालमा दुई देशबीचको सम्वन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेको ओलीको सचिवालयले जनाएको छ ।
ओलीले पनि मोदीलाई जनकपुर र मुक्तिनाथ भ्रमणका लागि आउन निम्तो दिएका हुन् ।