• img
  • img
img img img
Categories
मनोरञ्‍जन

प्रियंका चोपडाले आफु ठगिएको भन्दै उजुरी गरेकी छिन्

img

मुम्बई । हलिउडमा समेत सक्रिय रहेकी बलिउड नायिका प्रियंका चोपडाले आफु ठगिएको भन्दै उजुरी गरेकी छिन् । हिरा कारोवारी नीरव मोदीले आफुलाई पारिश्रमिक नदिएको भन्दै पि्रयंकाले नीरवलाई लिगल नोटिस पठाएकी छिन् । प्रियंका नीरवको कम्पनी ग्लोबलको ब्राण्ड एम्बेस्डर थिइन् ।

प्रियंकाले नीरवको कम्पनिबाट बनेको गहनामा मोडलिङ गरेकी छिन् । सो कामको निरवले पारिश्रमिक नदिएको आरोप उनले लगाएकी छिन् ।

भारतको पञ्जाब नेसनल बैंकले बैकिङ ठगीमा निरवबिरुद्ध मुद्दा दर्ता गराएपछि प्रियंका ठगिएको सार्वजनिक भएको हो । बैंकले निरवले १७७.७७ करोड डलर ठगी गरेको आरोप लगाएको छ । बैंकले निरव बिरुद्ध सिआइबीमा उजुरी समेत दिएको छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी