• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

आज प्रजातन्त्र दिवस मनाइँदै

img

काठमाडौं । जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो ।

दिवसको अवसरमा सोमबार सरकारले सार्वजनिक विदा दिएको छ । गणतन्त्र स्थापना दिवस प्रजातन्त्र दिवस मनाउन छाडिए पनि शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले भने सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

 

दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू लगायत सहभागी छन् । कार्यक्रममा बिभिन्न सांस्कृतिक झाँकी, परेड र खेल कौशल प्रदर्शन गरिएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी