सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका वडा–१ भारदह सप्तरी अवस्थित कोशी नदी सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
युथ क्लव भारदह एवं स्वराजी परिवारको संयुक्त आयोजनामा कोशी नदी सरसफाई कार्यक्रम सम्पन्न भएको छ । आयोजनाका संयोजक शंकर खडगाका भनाई अनुसार यो कर्याक्रम नियमित रुपमा संचालित रहेनेछ । यो कार्यक्रम पूर्व कोशी नदी धार्मिक आस्थाका केन्द्रका रुपमा रहेकाले सर्व प्रथम गंगा सोस्पी कोशी माताको आर्शिवादले संचालन गरिएका छौ । यो कार्यक्रम नियमितरुपमा बिभिन्न स्थानमा संचालन हुनेछ । यो कार्यक्रममो मुख्य उद्देश्य समाजको फोहर व्यवस्थापन तथा फोहर वाट हुने असरहरु सम्वन्धि जानकारी चेतना दिलाउने कार्य हो । समाज रहेको फोहर मैला ब्यवस्थापन गर्न सक्यो भने स्वच्छ समाजको निर्माण हुने छ मेरो विश्वास रहेकाले यो कार्यमा युथ क्लव भारदह र स्वराजी परिवार संयुक्त रुपमा सहभागी छौं । विना कुनै स्वार्थ निस्वार्थ भवनाले सम्पूर्ण युवा साथीको सहयोगमा कार्यक्रम संचालित छन ।
कार्यक्रममा बिभिन्न किसिमका नारा लिखित पोटर साथ सरसफाई कार्यक्रममा सहभागी सदस्यहरु पोटर टाँसेका थिए । जसमा जय मधेश, फ्री मधेश, गुलाम मुत्त मधेश, स्वराज हमारा अधिकार है, आदी
कार्यक्रमका दृश्यहरु