काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीको सपथ लिएको ११ दिनपछि ओलीले चार मन्त्री थप्दै सरकार बिस्तार गरेका हुन् ।
प्रधानमन्त्री ओलीले माओवादी केन्द्र र एमालेका दुई-दुई जना समाबेश गरेर मन्त्रीपरिषद बिस्तार गरेका हुन् ।
सरकारमा पार्टीको नेतृत्व गरेका माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री बनेका छन् । माओवादीबाट मात्रिका यादवले उद्योग तथा वाणिज्य मन्त्रीको रुपमा सपथ लिए भने एमाले महासचिव ईश्वर पोखरेल रक्षामन्त्री र डा।युवराज खतिवडा अर्थमन्त्रीको रुपमा सपथ लिए ।
आज थपिएका मन्त्रीहरुलाई राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ गराइन्।
यसअघि एमालेका लालबाबु पण्डित र थममाया थापाले क्रमशस् वाताबरण र महिला मन्त्रालयको जिम्मेवारी पाएका थिए । यो सँगै केपी ओली नेतृत्वको मन्त्रीपरिषद सात सदस्यीय भएको छ ।