आकाश कुमार राजभण्डारी, सप्तरी । विगत केही दिन देखि हरेक संचार माध्यम तथा समाजीक सञ्जालमा चर्चा परि चर्चा बिषयमा रहेका छन । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लाल बाबु राउतले प्रधानमन्त्री लाई पत्र द्वारा जानकारी गप्यो कि कर्मचारीले मुख्यमन्त्रीको कुरा मानेन आखिर किन ?
के मधेशी मुलको नेता भएर हो कि, मधेशी अनुहार भएर हेला गरेको हो । यसै सन्दर्भमा केही कुरा इतिहासलाई कोट्टयाएर हेर्ने हो भने मानव जातिको उत्पति अनि सभ्यता विकासको उदगम स्थल मधेश नै भएको बुटबलमा पाईएको रामापिथेकस र आदिमकाल मानव जातिको दाँतले प्रमाणित गरिसकेको छ । दुवापर, त्रेता र कलियुगको कालखण्डमा मर्यादा पुरुषोत्तम श्रीरामचन्द्र र मिथलेश कुमारी जानकी विवाह, महाभारत कालखण्डमा किचक बद्ध , पाच पाण्डवको वनबास र शान्तिका अग्रदुत महामानव गौतम बुद्ध मधेश भुमिमा जन्मिएर युवा अवस्थामा शान्तिको सन्देश विश्वमा प्रवाह गराएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ । तर आज त्यही भु–भाग मधेशमा जन्मेका मुख्यमन्त्री र मधेशी जनता सँग के को घिर्ना । यसै मधेश वाट अनेक योद्धा विद्वर जन्मेर नेपाल र नेपालीको पहिचान विश्वमा परिचित गराएका छन । २०४६ सालको संयुक्त जन आन्दोलन, १० बर्षीय जनयुद्धकालमा पनि मधेशी युवाहरु निर्णायक लडाई लडदै आएको र संघर्षका दौरानमा स्व. राजाराम प्रसाद सिंह, स्व. सत्यदेवमणि त्रिपाठी लगायतका युवाहरु आन्दोलनको मोर्चा सम्हालेको ईतिहास साक्षी छ ।
त्यति हुँदा हुँदै पनि संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात पनि मधेशी युवाहरु अझै पनि अधिकारमा लागी संर्घषको मैदानमा प्राणको आहुति दिन तयार रहेको अवस्था देखिनु माथि उल्लेखित घटनाहरुले पुष्टि गरेको छ । समतल भु–भाग मधेशमा सो्रत साधन र विकास निर्माणका प्रचुक सम्भावना हुदा हुदै पनि मधेशी युवाहरु उपेच्छित भई रोजी रोटीका लागी भौतारिरहेका छन । केही उद्ययोग कलकारखाना स्थापना भए पनि अपवाद बाहेक भारतीय नागरिकहरुलाई बढी मात्रामा काममा लगाईको कारण धर्तीपुत्र मधेशी युवाहरुका लागी ती कलकारखानाहरु लाई कौवालाई पाकेको बेल जस्तै भइको छ । मधेशी युवाहरु भारत, मलेशिया, साउदी, कतारमा श्रम शोषण गराउन बाध्य भईरहेको पछिल्लो समयमा घटनाहरु वाट प्रमाणित हुन आउँछ ।
राजनीतिक क्रान्ति पुरा नगरि विकासे लालीपप देखाएर स्थानीय तहको चुनाव गराउने बहानामा मधेशी युवाहरु लाई मुठभेड र साम्प्रदायिकताको रुप दिई मधेशमा खसवादी राज्यसत्ताले श्वेतआतंक मच्चाई मधेश माथि दमन गर्न खोजी रहेको रुपन्देहीको बेथरी कैलालीको टीकापुर र पछिल्लो समयमा सप्तरीको घटना क्रमवाट प्रष्ट भएको देखिन्छ । किन भने रस्सी जलेर गए पनि ऐठन देखि रहने जस्तै सामन्तवादी राजतन्त्रको अन्त्य भए पनि यथास्थितीवादी चिन्तन बोकेका व्यक्तिहरु बिभिन्न पार्टी मार्फत उग्रराष्ट्रवाद र अखण्डताको आडमा मधेशी युवा सँग मुठभेड गरि आउदो बर्षसम्म संविधान पूर्ण रुपमा कार्यन्वयन हुन नदिई असफल राष्ट्र सावित गर्न र खसवादी पुरानो राज्यसत्ता टिकाई राख्ने योजनाबद्ध ढंग वाट कर्मचारी खटाई प्रदेशीय कार्य प्रणाली लाई असफल गर्न मुख्यमन्त्री समेतलाई हेला गर्ने मन मानी ढंगले कार्यविधि गर्ने जस्ता गतिविधि भइरहेका छन ।
नया निर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगाइत सदस्यहरु लाई कर्मचारी नटेरेको समाचार दिन प्रति दिन सुनमा आउँछ ।