• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

बोक्सी आरोपमा निर्घाट कुटिएकी राधा चौधरी

img

कैलाली । बोक्सीको आरोपमा कुटपिट पछि घाईते भई उपचारमा रहेकी राधा चौधरीको विषयलाई लिएर सिंगो मुलुकको ध्यान केन्द्रित भएको छ । यता कुटपिटमा संलग्न भोलेबाबा रामबहादुर चौधरीसहित अन्य दुई युवतीलाई पक्राउ गरि अनुसन्धान पक्रिया अघि बढाइएको छ भने ईलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायब निरीक्षक दिनेश विष्टलाई निलम्बन गरिएको छ ।

उपचाररत चौधरीको उपचार खर्च सरकारले व्यहोर्ने घोषणा हुँदै गर्दा उनको उपचारलाई लिएर प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले चासो देखाउनु भएको छ । चौधरीलाई भर्ना गरेको दुई दिन पछि अस्पतालमा पुग्नु भएका मुख्यमन्त्री भट्टले चौधरीको उपचारको विषयमा चिकित्सकसंग जानकारी लिनु भएको छ । मुख्यमन्त्री भट्टले चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ । उहाँले दोषीलाई कडा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै समाजमा यस्ता घटना हुन नदिन जनचेतना फैलाउने कार्य गर्ने समेत बताउनुभयो ।

घटना घटेको जानकारी आउनासाथ प्रधानमन्त्री कार्यालयले यस विषयमा चासो प्रकट गर्दै तत्काल कारवाहीको पहल गरेको छ ।

त्यस्तै प्रदेश ७ का सामाजिक विकास मन्त्री दिर्घ सोडारी समेत अस्पताल पुगेर विरामीको अवस्थाका बारेमा चिकित्सकसंग सोधपुछ गर्नु भएको छ । कुटपिटबाट घाईते राधा चौधरीको अहिले सेती अञ्चल अस्पतालको सर्जिकल वार्डमा राखेर उपचार भैरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्र बस्नेतले घाईते चौधरीको आँखा र शरीरभरी निलडाम रहेको जानकारी दिनुभयो । यसैबीच कैलालीको घोडाघाडी नगरपालिका ५ देउकलीमा गत बिहीबार राधा चौधरीलाई बोक्सीको आरोपमा बाबासंगै कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँकी २० वर्षीया किस्मति चौधरी र स्मारिका चौधरी रहेको ईलाका प्रहरी कार्यालय सुख्खडले जानकारी दिएको छ । पक्राउ परेकी चौधरीद्धयलाई जिल्ला प्रहरी कार्यालय कैलालीको महिला सेलमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलाली निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक सागर बोहरालाई जानकारी दिनुभयो । यस अघि नै पक्राउ परेका रामबहादुर चौधरीसहित किस्मती चौधरी र स्मारिका चौधरीलाई जिल्ला अदालतबाट म्याद थप गराई अनसुन्धान कार्य अघि बढाउने प्रहरीले जनाएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी