• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको पक्षमा २०८ मत बहुमतले पारित

img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन् । प्रतिनिधिसभाको बैठकले ओलीले प्रस्तुत गरेको विश्वासको मत बहुमतले पारित भएको हो । पक्षमा २०८ मत परेको छ भने विपक्षमा ६० मत मात्र परेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा २६८ सांसद मात्र उपस्थित थिए ।

प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको मत बहुमतले पारित भएसँगै प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको पक्षमा वाम गठबन्धनका तर्फबाट एमाले, माओवादीसँगै संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी, नेपालका सांसदले मतदान गरेका छन् । विपक्षमा भने कांग्रेस र नेमकिपाले मात्र मतदान गरेका छन् ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी