• img
  • img
img img img
Categories
प्रदेश समाचार विचार

प्रादेशिक व्यापार मेला तथा दोस्रो सप्तरी महोत्सव २०७४’ को शुरु

Exif_JPEG_420

img

सप्तरी । प्रदेश २ का प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेशमा उद्योग–व्यवसायलाई विस्तार गर्न सरकार प्रतिवद्ध रहेको वताएका छन् ।
सोमवार राजविराज स्थित राज रङ्गशालामा आयोजित ‘२ नम्बर प्रादेशिक व्यापार मेला तथा दोस्रो सप्तरी महोत्सव २०७४’ को उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् । प्रदेश प्रमुख कायस्थले उद्योग व्यपारबाट आउने राजश्वबाट नै प्रदेशको विकास हुने भएकोले उद्योग व्यवसायलाई विस्तार गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

प्रदेश प्रमुख कायस्थले सप्तरीमा समेत उद्योग संस्था सञ्चालन गर्नका लागि प्रयाप्त श्रोत र साधन रहेकोले उद्योग सञ्चालन गर्नेतर्फ ध्यान दिन व्यवयासीहरुलाई आग्रह समेत गरे । उनले सप्तरीमा उद्योग संस्था सञ्चालन गर्ने सम्वन्धमा छलफल गर्न आफुसहित अर्थमन्त्रालय तयार रहेकोले छलफलको तयार थाल्न सप्तरी उद्योग वाणिज्य संघलाई आह्वान समेत गरे । 

प्रदेश नम्वर २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरी ऐतिहासिक जिल्ला रहे पनि विकासको दृष्टिकोणले पछाडि रहेको भन्दै औद्योगिक स्थापनाको माहौल बनाउनुपर्ने बताए । औद्योगिक वातावरण निर्माण गर्न आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै सप्तरी उद्योग वाणिज्य संघलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न उनले आग्रह गरे ।

कार्यक्रममा राष्ट्रसभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्र नारायण देवले सप्तरी जिल्लाको समग्र विकासप्रति आफु प्रतिवद्ध रहेको भन्दै सक्दो सहयोग गर्न तयार रहेको बताए । गत विगतका कमीकमजोरीहरुलाई सुधार गर्दै आ–आफ्नो स्थानबाट सकारात्मक सोचका साथ अगाडि बढ्न उनले प्रतिवद्धता व्यक्त गरे ।

उद्घाटन समारोहमा नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव, प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, प्रदेश नम्वर २ का उद्योग संगठन उपाध्यक्ष अशोक अग्रवाल, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, गैर सरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, सप्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शत्रुध्न प्रसाद रौनियार, सप्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् नेपाल भारत मैत्री संघ सप्तरीका अध्यक्ष मनोज कुमार मुन्धडा लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

Exif_JPEG_420

औपचारिक कार्यक्रम अघि विभिन्न जातजाती धर्म, सम्प्रदायका साथै विद्यालयहरुले झाँकी सहित जुलुस प्रदर्शन गरेका थिए ।

img

Share:
Tags