• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित

img

काठमाडौं । एमाले सांसद शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएकी छन् ।

प्रतिनिधिसभाको उपसभामुखका लागि तुम्बाहाम्फेसँगै कांग्रेसकी पुष्पा भुसालको उम्मेदवारी परेको थियो । तर, वाम गठबन्धनकी उम्मेदवार तुम्बाहाम्फे विजयी भएकी छन् ।

तुम्बाहाम्फेको पक्षमा २०१ मत परेको छ भने विपक्षमा ५८ मत खसेको छ ।

त्यसअघि भुसाललाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । कांग्रेस उम्मेदवार भुसालको पक्षमा मात्र ६१ मत खस्यो  थियो ।

img

Share: