काठमाडौँ, चैत्र । प्रधानमन्त्री केपी ओलीले शुक्रबार तेस्रोपल्ट मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले एमाले र माओवादी केन्द्रका मन्त्रीहरु थपेका हुन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिए ।

मन्त्रीहरुको सूचीमा एमालेका प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, जगत विश्वकर्मा, शेरबहादुर तामाङ रहेका छन् भने माओवादी केन्द्रका वर्षमान पुन, शक्ति बस्नेत बिना मगर, गिरिराजमणि पोखरेल र चक्रपाणी खनाल रहेका छन्।