आकाश कुमार, सप्तरी- चैत्र । राष्ट्रिय जनता पार्टी नेपाल ९राजपाले बिमान दुर्घटनामा परि मृत्यु भएकाप्रति सप्तरीको सदरमुकाम राजविराजमा आज साँझ दिप प्रज्वल्लन गरि संवेदना प्रकट गरेका छन ।
राजपा नेपालको अगुवाईमा राजविराजको गजेन्द्र चौकमा मैनबत्ति प्रज्वलन गरी गत सोमबार काठमाडौँमा यूएस९बंगला एयरलायन्सको जहाज दुर्घटनामा मृत्यु भएका तथा घाईते भएकाप्रति चिर शान्तिको कामना गरि दिप प्रज्वल्न गरिएको राजपाका महासचिव गजेन्द्र मण्डलले बताउनुभयो ।
सो चौकमा करिब पाँच सय दिप बालिएको बताइएको छ ।
सोमबार दिउँसो काठमाण्डौस्थित त्रिभुवन बिमानस्थलमा बंगला एयरलायन्सको जहाज दुर्घटनामा परि ४९ जनाको मृत्यु भएको थियो भने सोही दुर्घटनामा १३ जना नेपालीको पनि मृत्यु भएको थियो ।
सो विमानमा ३३ जना नेपाली, ३२ जना बंगलादेशी, १ जना चाइनिज र १ जना माल्दिभ्सका नागरिक रहेका थिए ।