भुपदेव माली, भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ३ अवस्थित पोर्ताहा सडक खण्डमा ईलाका प्रहरी भारदहका टोलीले अवैध मदिरा पक्राउ गरेका छन । सो मदिरा आज विहान पक्राउ गरेका थिए ।
ईलाका प्रहरी कार्यालय भारदहका प्रमुख तेज बहादुर श्रेष्टका टोलीले लोकल अबैध मदिरा (रक्सी) ८० लिटर पक्राउ गरेका थिए । सो मदिरा स्थानिय पत्रकार तथा समाजसेवीका रोहवरमा नष्ट गरिएका छन ।
श्रेष्टका भनाई अनुसार प्रयेक दिने एक अर्को रुट परिवर्तण गरी अवैध मदिरा भारदह भित्रीयाउने कार्य भई रहेको हुन्छ । स्थानियहरुको असहयोगका कारण फत्तेपुर वाट यहाँ सम्म अवैध मदिरा आउने र ल्याउने सफल हुन्छ । यहीका लोकल व्यपारीले अवैध मदिरा ल्याउन आग्रह समेत गरेको देखिन्छ । ति लोकल मदिरा लुकी छिपी बिक्री बितरण गर्ने कार्य समेत भइरहेको पाइन्छ ।
प्रहरी द्वारा पटक पटक स्थानिय व्यपारीलाई आग्रह समेत गरेका छन लोकल मदिरा (रक्सी) बिक्री बितरण कार्य नगर्नेुस त्यपनि स्थानिय व्यपारीहरु लुकि छिपि बिक्री गर्ने गरेका सुन्ना पाइन्छ ।