सप्तरी । यही चैत ८ गतेदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सप्तरीबाट ९ हजार ५ सय ९७ जना विद्यार्थी सहभागी हुदै छ ।
नियमिततर्फ ८ हजार ५ सय १४ र एक्ज्याम्टेडतर्फ १ हजार १३ गरी कुल ९ हजार ५ सय ९७ परिक्षार्थी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले जानकारी दिनुभयो ।
७७ सामुदायिक, ४४ निजी र १ खुल्ला गरी कुल १ सय २२ विद्यालयका विद्यार्थी परीक्षा यस बर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा सहभागी बताउर्दै परीक्षाका लागि ३६ वटा परिक्षा केन्द्र तोकिएको छ उहाँले भन्नुभयो ।
प्राविधिकतर्फ बोदेवरसाइन, कल्याणपुर, खुरहुरीया, बोरिया, कट्टी र फत्तेपुर गरी ६ वटा केन्द्र तथा एक्ज्याम्टेडतर्फका विद्यार्थीका लागि राजविराज स्थित राजदेवी र पवि मावि गरी २ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
जिशिअ पाण्डेका अनुसार शान्तिपूर्ण वातावरणमा मर्या्दित रुपमा परीक्षा सम्पन्न गर्नको लागि प्रत्येक परीक्षा केन्द्रमा कम्तिमा १५ जनाका दरले सुरक्षाकर्मी परिचालन गरिएको छ ।
परीक्षा अनुगमन एवम् निरीक्षणका विभिन्न ७ ओटा टोलीहरु मार्फत परीक्षा केन्द्रहरुमा खटिने समेत उहाँले बताउनुभयो । ।
परीक्षामा ३६ केन्द्राध्यक्ष र ४५ सहायक केन्द्राध्यक्ष, ४ सय १ निरीक्षक र २ सय १५ कार्यालय सहयोगी खटिने बताइएको छ ।
प्रत्येक केन्द्रमा १५ जनाका दरले कुल ५ सय ४० सुरक्षाकर्मी समेत खटाइने तयारी गरिएको प्रहरी उपरिक्षक मुकेश कुमार सिँहले बताउनुभयो ।